गृहपृष्ठ खबर धरहरामा ज्यान गुमाउने परिवारका एक सदस्यलाई रोजगारी- प्रधानमन्त्री ओली

धरहरामा ज्यान गुमाउने परिवारका एक सदस्यलाई रोजगारी- प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताउनु भएको छ ।

धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उहाँले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताउनु भएको हो । धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उहाँको भनाइ छ ।

यस्तै, उहाँले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गर्नु भएको छ । यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताउनु भएको छ ।

सम्बन्धित् समाचार