कपिलवस्तु : तीब्र गतिमा वढ्दै गईरहेको कोरोना संक्रमण रोकथामको लागि कपिलवस्तु प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । ‘तपाईको मास्क खै भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी सडकमा उत्रिएका छन् ।

कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको ¥याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे जिल्ला प्रहरी कार्याल्य कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

जिल्लाको निर्देशन अनुसार मास्क नलगाइ हिड्ने व्यक्तिलाई ‘तपाईंकोे मास्क खोई ?’ भन्दै मास्क समेत वितरण गरिएको छ । भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन कपिलवस्तु प्रहरीले अनुरोध गरेका छन् ।








