गृहपृष्ठ खबर रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द : यातायातमा जोर-बिजोर लागू

रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द : यातायातमा जोर-बिजोर लागू

बुटवल : रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यसै गरि विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।

त्यसै गरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने थापाले बताए।

सम्बन्धित् समाचार