गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सरकार : ४ कोरोना अस्पताललाई १ करोड ७५ लाख दिने

लुम्बिनी प्रदेश सरकार : ४ कोरोना अस्पताललाई १ करोड ७५ लाख दिने

बुटवल : लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने भएको छ। कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले डेढ करोड रुपैयाँ दिने भएको हो।

त्यसैगरी भीम अस्पताललाई २५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै प्रदेश सरकारको भूमिकामाथि विभिन्न पक्षबाट प्रश्न उठाइएको थियो । अहिले पनि लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् भने भेरी अस्पतालमा संक्रमितलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ।

सम्बन्धित् समाचार