गृहपृष्ठ Featured बााणगंगाको मधौलिया सामुदायिक वनमा आगलागी

बााणगंगाको मधौलिया सामुदायिक वनमा आगलागी

प्रकाशित मिति:


हरि घिमिरे कपिलवस्तु,  बैशाख १३
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा न. ५मा पर्ने मधौलिया सामुदायिक वनमा आगलागी भएको छ । बाणगंगा नगरपालिकाले जम्मा गरेको बन छेउको फोहोरमा आगो लगाउदाँ त्यहाँको आगो हावाका कारण वनमा फैलिएको हो ।

बाणगंगा नगरपालिका समयमा सचेत हुन नसक्नु को कारण के हो ? प्रश्न गर्दै मधैलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतमले भन्नु भयो “समुदायिक वन तथा रजमार्ग छेउमा फोहोर डम्पिङ्ग साईडले नगर पालिकाको इजत्तमा दाग लागेको छ” । नगरपालिका भित्र बाट निस्केको फोहोरले प्रदुषण बढाउनुको साथै बर्षेनि आगलागीको समस्या विकराल भएको उहाँको भनाई छ । नगरपालिका भित्रका घरपालुवा जनावरहरु चर्न जादाँ फोहोर खाने र जनावर हरुमा रोग लागेर मर्ने समस्या उत्तिको रहेकोले यसको व्यवस्थापनमा ढिलाई गर्न नहुने उहाँले बताउनु भयो ।

नगरपालिकालाई मधौलिया समुदायिक वनले पटक पटक फोहोर व्यवस्थापन गर्न पत्राचार गर्दा पनि नगरपालिकाले अटेरि गरेकोले सामुदायिक वनमा डढेलो लागेर क्षति भएको वनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले जानकारी दिनुभयो । आगलागीले करिब चार बिघाह क्षेत्रफल नर्सरीमा रहेका धेरै बोट विरुवाहरु जलेर नष्ट भएको उहाँले बताउनु भयो । उपभोत्ता समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको नेतृत्वमा वनका पदाधिकारी, ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी तथा बाणगंगा नगरपालिकाको दमकलको सहयताले आगो नियन्त्रणमा लिएको हो ।

समयमै आगलागी नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ । बाणगंगा नगरपालिका लाई बाणगंगा वडा न.८ पुलचोक, बोडगाँउ, वडा न. ५को मधैलिया सामुदायिक वन, सबै नगर वासि लगाएत पुर्व पश्चिम राजमार्गमा हिड्ने सवैले फोहोर व्यवस्थापन गर्न लामो समयदेखि सुझाव दिदै आएका छन् ।

सम्बन्धित् समाचार