गृहपृष्ठ खबर रुपन्देहीमा होस्टेलकी छात्राको मृत्यु : परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने

रुपन्देहीमा होस्टेलकी छात्राको मृत्यु : परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने

रुपन्देही : रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन् ।

बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।

क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।

सम्बन्धित् समाचार