काठमाडौं : गण्डकी प्रदेशका तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । चालु विशेष अधिवेशनको दोस्रो दिन सत्तापक्षका सांसदले कोरोना परिक्षणको माग गर्दै सदन अवरुद्ध गरेपछि सांसद, सचिवालयका कर्मचारी, प्रहरी, मर्यादापालक गरि एक सय ५३ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीहरुको मंगलवार स्वाब संकलन गरिएको थियो भने रिपोर्ट बुधवार आएको थियो । संक्रमण पुष्टी हुनेहरुमा सत्ता पक्ष एमालेका सांसद प्रभा कोइराला र राजीव पहारी एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मनकुमारी गुरुङ रहेकी छिन् । सांसदहरुलाई कोरोना देखिएप नि संसद बैठक भने सुचारु हुने भएको छ ।
कोरोना देखिएका सांसदहरुले बैठकमा बोल्न नपाउने तर अविश्वास प्रस्ताव छिनोफानोको लागि हुने मतदानमा भने मत हाल्न पाउने सचिव पोखरेलले जानकारी दिए ।








