अर्घाखाँची। अर्घाखाँची जिल्ला अस्पतालमा एकजना कोरोना संक्रमितको मंगलवार उपचारको क्रममा मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नं ७ बामरुक लेवसे निवासी राम प्रसाद भुसालको उपचारको क्रममा मृत्यु भएको डाक्टर कपिल गौतमले जानकारी दिए ।
१६ दिन अघि भारतबाट आएका भुसाललाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।








