काठमाडौं : नेपाल सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार वादी भएका र कानुनी हिसाबले फिर्ता लिन मिल्ने १ सय २० जनालाई लागेको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।








