गृहपृष्ठ खबर चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

प्रकाशित मिति:

काठमाडौं : यातायात व्यवस्था विभागले आजबाट सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड– १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्कालका लागि सेवा स्थगन गरेको हो । विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो ।

गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झन्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।

सम्बन्धित् समाचार