वैखरी अनलाईन (कपिलवस्तु) : कपिलवस्तुका एमाले नेता कृष्ण पौडेल मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् । सुकुमवासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष समेत रहेका पौडेल सोही कामका लागी तौलिहवा गएको समयमा उनको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाईते पौडेलको छात्तीका २ ओटा करङ भाचिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । उनलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी भईरहेको छ ।







