वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिमा कोरोना संक्रमितको लागी १५ सैयाको बेड अक्सीजन सहित तयार भएको छ । सिद्धार्थ क्याम्पसको सभा हलमा अक्सीजन सहितको १५ सैया बेड तयार गरिइएको हो ।
नगरभित्र कोरोना संक्रमित भई हालेमा र अक्सीजन चाइएमा सो को ब्यवस्थाका लागी आज अक्सीजनसहितको १५ सैयाको बेड तयार गरि सकेको बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले वैखरी अनलाइनलाई बताए । अक्सीजन अभाव हुन नदिन र संक्रमितको उपचारमा कमी हुन नदिन नगरपालिका लागी रहेको उनले बताए ।
यसैबिच नगरभित्र पिसिआर रिर्पोट तत्काल निकाल्नका लागी तयारी भएको नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । साथै उनले थप आइसोलेशन निमार्णका लागी तयारी भई रहेको समेत बताए ।








