गृहपृष्ठ खबर आईपीएल : मुम्बईले राजस्थानलाई हरायो

आईपीएल : मुम्बईले राजस्थानलाई हरायो

प्रकाशित मिति:

काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ ।दिल्लीमा राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटाएको हो । मुम्बईका लागि क्विन्टन डी ककले अविजित ७० रन बनाउँदा क्रुनल पाण्डेयाले ३९ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ४२, जोस बटलरले ४१ रन बनाए । बलिङतर्फ मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।

आईपीएलमै आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेलिरहेका छन् । टस हारेको कोलकाताले अहिले ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित् समाचार