गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोना संक्रमित गर्भवति महिलाले सफल अप्रेशन गरी बच्चा जन्माइन

कपिलवस्तुमा कोरोना संक्रमित गर्भवति महिलाले सफल अप्रेशन गरी बच्चा जन्माइन

किरणमान बज्राचार्य, कपिलवस्तु बैशाख १७
प्रादेशिक अस्पतालमा बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवति महिलाको कपिलस्तु अस्पतालमा अप्रेशन गरी बिहीवार राति बच्चा जन्माइएको छ । प्युठान स्थायी घर भएकी ३१ बर्षिया महिला उपचारकालागि सोमबार प्रादेशकि अस्पताल बुटवल लगएकी थिईन । गर्भवति समेत रहेकी ती महिलाको पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । बच्चा जन्माउन बुटवल अस्पताल पुगेकी उनी चार दिन अघि कोरोना पोजेटिभ देखिएकी थिईन । ३ बर्ष अघि पनि बुटवल अस्पतालमै अप्रेशनबाट छोरा जन्माएकी ती महिलालाई चार दिन सम्म आईसोलेशनमा राखिएको थियो । पेटमा पीडा भए पछि बेड अभावले उनको त्यहा उपचार हुन सकेको थिएन । भीम अस्पताल भैरहवामा समते बेड अभाव थियो ।

प्रोदशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारकालागि रिफर गरेका थिए । ‘ बेड अभावले कोरोना संक्रमित गर्भवति महिलाको उपचार गर्न कपिलवस्तु अस्पताल पठाइएको थियो ’ अस्पतालका मेसु किशोर बन्जाडेले भने ‘ काम चुनौतीपुर्ण थियो, तर सफल भयौ ’ । टीमको प्रयासले हामी सफल भयौ उनले भने । राति नौ बजेर ५७ मिनेटमा ती महिलाको अप्रेशन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । ती महिलाको २ वटा बच्चा खेर गइस्केको थियो ।

 

‘ प्रसुति पीडा भएको बेला कोरोना संक्रमित भए पछि ती महिलाको उपचार चुनौतीपुर्ण थियो, तर हामीले उनको सफल उपचार गर्यौ ’उनले भने । महिला र बच्चालाई अस्पतालमा छुट्टा छुट्टै राखिएको छ । बच्चाको पिसिआर टेस्टकालागि पठाइएको छ । आमा र बच्चाको अवस्था ठीक रहेको डाक्टर क्षेत्रीले बताए । कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा पुनम लामा, डा गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतका टोली अप्रेशनमा सहभागी थिए ।

सम्बन्धित् समाचार