गृहपृष्ठ खबर आईसीयू बेड नपाउँदा रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

आईसीयू बेड नपाउँदा रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाएर एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ का ८३ वर्षीय पुरुषको आईसीयू बेड नपाएर अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको हो । २४ घण्टासम्म आकस्मिक कक्षमा राखेर उपचार गरिएका उनले अन्तिम समयसम्म पनि आईसीयू बेड पाएनन् ।

१६ वैशाखमा कोरोना पुष्टि भएपछि उनी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले आईसीयू बेड अभाव भएकाले आकस्मिक कक्षमै ती पुरुषको शुक्रबार बिहान ९ बजे २८ मिनेटमा मृत्यु भएको बताए ।

कोरोना संक्रमितको चाप बढेपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार थालिएको उनले बताए ।

यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन बेड नपाएर देवदह नगरपालिकाकी  एक महिलाको फिवर क्लिनिकमा मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार