गृहपृष्ठ खबर कोरोनासँग लड्नु सबैको साझा दायित्व हो- उपप्रधानमन्त्री पोखरेल

कोरोनासँग लड्नु सबैको साझा दायित्व हो- उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति:

काठमाडौं : नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् । सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए । अहिले लागू भएको निषेधाज्ञाले कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा, जीवनरक्षाका लागि भएकोले कुनै राजनीतिक उद्देश्यले नहेर्न पनि आग्रह गरे । अहिले जनता आफैँ सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आमनागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे ।

सम्बन्धित् समाचार