गृहपृष्ठ अन्तरास्ट्रिय खबर यस्तो छ संसारकै लामो झोलुंगे पुल (तस्बिरहरू)

यस्तो छ संसारकै लामो झोलुंगे पुल (तस्बिरहरू)

प्रकाशित मिति:

पोर्चुगलमा संसारकै लामो झोलुंगे पुल सर्वसाधारणका लागि खुला गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  उत्तरी पोर्चुगलको अरौका जिओपार्कमा बनेको उक्त पुल ५ सय १६ मिटर लामो छ भने पैभा नदीको सतहभन्दा १७५ मिटरमाथि बनेको छ।

पुलको औपचारिक उद्घाटन आइतबारमात्रै हुने भए पनि बिहीबारदेखि स्थानीय सर्वसाधारणलाई पुलबाट आवातजावत गर्न दिइएको हो।

२८ लाख अमेरिकी डलर खर्चेर दुई वर्षमा निर्माण सकिएको उक्त पुलले अरौकाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि स्वीट्जरल्यान्डको  ४९४ मिटर लामो झोलुंगे पुललाई संसारकै लामो झोलुंगे पुल मानिन्थ्यो।

सम्बन्धित् समाचार