गृहपृष्ठ अन्तरास्ट्रिय खबर शव जलाउन घाट अभाव भएपछि दिल्लीमा नयाँ घाट व्यवस्था गर्न प्रहरी अधिकारीको आग्रह

शव जलाउन घाट अभाव भएपछि दिल्लीमा नयाँ घाट व्यवस्था गर्न प्रहरी अधिकारीको आग्रह

प्रकाशित मिति:

काठमाण्डाै – भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ ।

दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन् । उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

दिल्लीमा एउटै घाटमा थुप्रै शव जलिरहेका र थुप्रै शव पालो पर्खिरहेका दुःखद दृष्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ज्यान गुमाएका तीन हजार पाँच सय जनामध्ये दिल्लीका मात्रै चार सयभन्दा धेरै छन् । तर भारतीय सञ्चारमाध्यमले घाटमा जलेका शव हेर्दा त्यो सङ्ख्या निकै धेरै हुने बताइरहेका छन् ।

यस्तै भारतकै बिहार राज्यमा पनि घाटको सङ्ख्या बढाइएको छ । पटना नगर निगमले शवको सङ्ख्या बढ्दै गइरहेका बेला अन्त्येष्टिका लागि शवदाह गृहको सङ्ख्या बढाएको हो । सहरसँगै गाउँका मानिसहरू समेत सङ्क्रमित हुने र ज्यान गुमाउने क्रम बढेपछि परिवारजनले अन्त्येष्टिका लागि घण्टौँसम्म प्रतीक्षा गरिरहनुपरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार चार सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । याे अहिलेसम्म कुनै पनि देशमा एकै दिन पुष्टि भएको सङ्क्रमितको सबैभन्दा ठूलो सङ्ख्या हो ।

सम्बन्धित् समाचार