गृहपृष्ठ Featured शितगंगाको ज्योती मा. बि. का शिक्षक गुरुङले बिद्यार्थीलाइ डर देखाउदै अवैध रकम असुल्दै

शितगंगाको ज्योती मा. बि. का शिक्षक गुरुङले बिद्यार्थीलाइ डर देखाउदै अवैध रकम असुल्दै

प्रकाशित मिति:


कपिलवस्तु , १८ वैशाख
अर्घाखाँचिको शितगंगा नगरपालिकामा रहेको ज्योती माध्यामिक बिद्यालयका शिक्षक लाल वहादुर गुरुङले बिद्यार्थीहरुलाइ डर देखाउदै अवैध रकम असुल्दै गरेको खुलासा भएको छ । शितगंगा नगरपालिकाको ज्योती मावि त्यस क्षेत्रको पुरानो विद्यालय पनि हो । बार्षिक सयौ विद्यार्थी त्यश बिद्यालयबाट शिक्षा लिएर बाहिरिन्छन ।

ज्योती माबिको शिक्षा अन्तको तुलनामा राम्रो पनि मानिने गरिन्छ यहाँ शिक्षक अनुसाशित र मेहनति हुन्छन भन्ने छाप रहदै आए पनि अहिले एक शिक्षकले बिद्यालयकै बदनाम हुने काम गरेका छन । ज्योती माबिका शिक्षक लाल बहादुर गुरुङले बिद्यालयमा मनपरि गर्ने गरेको कुरा बाहिरिएको छ । गुरुङले बिद्यालयका बिद्यार्थीहरुलाइ करकाप र डर देखाउदै रकम असुल्ने गरेको बिद्यार्थीहरुले बताउन थालेका छन । गुरुङले बिज्ञान बिषयमा प्राक्टिकल नम्बर बढि दिने भन्दै ५० रुपिया देखि ५ हजार सम्म माग गर्ने गरेका छन । साथै बिद्यालयलाइ जानकारी बिनै उनले प्रत्येक बिद्यार्थी सँग मन परि रकम असुली गर्ने गरेको खुलेको हो । यहि बर्ष समेत उने हरेक बिद्यार्थी सँग रु ५० र १०० रुपियाँ उठाएका छन उनले बिद्यालयको अनुमति र बिद्यालयलाई जानकारी बिनै बिद्यार्थी र अभिभावकलाई ठग्ने गरेका छन् । शिक्षक गुरुङले त्यति मात्र गरेनन् उनले ज्योती माविमा अध्यन गर्ने बिद्यार्थी सँग कक्षा १० (एसईई) मा पास गराउने भन्दै विद्यार्थी सँग ३० हजार उठाउने गरेको समेत थाहा भएको छ । उनले (एसईई) मा बि प्लस ल्याइदिने भन्दै २ जना सँग ६० हजार रकम लिएका रहेछन पछि यो जानकारी बिद्यालयमा सञ्चार कार्यक्रम सञ्चालनको क्रममा विद्यार्थीले सञ्चारकर्मी हरु सँग गुनासो गरे पछि बुझ्दै जाँदा लिएको समेत प्रमाणित भएको थियो । उनले हल्ला भए पछि १ जनाको आइयमइ मार्फत ठाडा बाट रकम पठाइ सकेका छन भने एक जनालाई केही दिनमा दिने भन्दै बाहिर कुरा नगर्न धम्की दिएका छन ।

यता विद्यालयका प्राचार्य शंकर अर्याललाइ यस बारे सोध्दा विद्यालयले बाहिरि रुपमा कुनै रकम लिने नगरेको बताउनु भयो । शिक्षक गुरुङको बारेमा गुनासो आएको उहाँले समेत स्विकार्दै यस्ता गतिबिधिले बिद्यालयको बदनाम हुने भएकोले यसबारे बसेर छलफल गरि लिएको रकम फिर्ता गराउने बताउनु भयो । यस्तै शिक्षक गुरुङले अध्यापन गराउने कक्षा १० को बिज्ञान बिषयमा बिद्यार्थीको नतिजा हेर्दा भने बिद्यार्थीको अवस्था समेत निकै कमजोर रहेको पाइएको छ गत एसईई परिक्षामा ७० जना बिद्यार्थीमा बिज्ञान बिषयमा इ ग्रेट ल्याउने मात्र ४८ जना रहेका छन जुन निकै कमजोर मुल्यांकन मानिन्छ बाकी २४ जना डि ग्रेड प्राप्त गरेका छन भने ए र ए प्लस ग्रेड ल्याउने विद्यार्थी शून्य रहेका छन ।

शिक्षक गुरुङको ध्यानजति कमाउनेमा भएकोले पढाइ समेत कमजोर हुने गरेको एक शिक्षाप्रेमीले बताए । शिक्षक गुरुडले गत बर्षहरुमा समेत बिद्यार्थी र अभिभावकहरुलाइ ठग्ने गरेका छन उनेले टिउसनको नाममा समेत ठगि थन्दा चलाउने गरेको गुनासो आउने गरेका छन उनले अप्सनल म्याथमा पास गराउने भन्दै एक बिद्यार्थी सँग ६ हजारका दरले उठाएर पछि फिर्तागर्न समेत बिद्यालयले दवाव दिएको थियो ।

यस अघि समेत शिक्षक गुरुङ पटक पटक बिबादमा पर्ने शिक्षक हुन उनले यस अघि गौरा माबिमा अध्यन गराउदा समेत धेरै बिवादमा परेका थिए पछि ज्योती माबिमा आएपछि पनि विभिन्न कुरामा बिबादमा आउने गरेका छन । शिक्षक गुरुङले क्याम्पस बाट समेत क्याम्पसको अनुमति बिनाप्राटिकल रकमभन्दै उठाउने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन उनले प्रत्येक बिद्यार्थी सँग १ हजारका दरले रकम उठाएका छन । रसिद बिना उठाए पछि बिद्यार्थीले केका लागि भन्दा पछि थाहा हुन्छ भन्दै उठाएका हुन केहि बिद्यार्थीले भने रसिद बिना रकम नदिने भन्दै दिन मानेका छैन्न उनिहरुले क्याम्पस लाई पहिलेनै विभिन्न सिर्षकमा रकम दिएकोले यसरी उठाउदा रकम नदिने बताए ।

सम्बन्धित् समाचार