गृहपृष्ठ खबर किर्गिस्तान-ताजकिस्तान सीमाक्षेत्रमा झडप हुँदा ३१ जनाको मृत्यु, १५० घाइते

किर्गिस्तान-ताजकिस्तान सीमाक्षेत्रमा झडप हुँदा ३१ जनाको मृत्यु, १५० घाइते

प्रकाशित मिति:

एजेन्सी(किर्गिस्तान) : किर्गिस्तान र ताजकिस्तानको विवादित सीमा क्षेत्रमा दुई पक्षबीच झडप हुँदा ३१ जनाको मृत्यु भएको छ । १ सय ५० जना घाइते भएका छन् ।

यस्तै अरु हजारौँ नागरिकलाई झडप भएको ठाउँ बाटकनबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । पानीको विषयलाई लिएर सुरु विवादले हिंसात्मक रुप लिएको थियो ।

विवादित सीमा क्षेत्रमा रहेको पानीको स्रोतलाई लिएर वर्षौँदेखि दुई पक्षबीच विवाद कायम नै छ । केहीअघि सम्झौता गरिए पनि बीच बीचमा झडप भने रोकिएको थिएन ।

पछिल्लो झडपमा किर्गिस्तानतर्फ बढी क्षति भएको बताइएको छ । ताजकिस्तानतर्फ कति क्षति भयो भन्नेबारे यकिन विवरण आएको छैन ।

स्थानीय मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोमा भने किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेका देखिन्थे ।

सम्बन्धित् समाचार