गृहपृष्ठ खबर २४ घण्टामा ५७ सय ६३ संक्रमित थपिए, १९ को मृत्यु

२४ घण्टामा ५७ सय ६३ संक्रमित थपिए, १९ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।

यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।

सम्बन्धित् समाचार