काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २४ घण्टामा ५८ जनाको मृत्यु भएको हो । यसअघि मंगलबार २४ घण्टामा ५५ जनाको मृत्यु भएको थियो ।
बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । मंगलबार ७ हजार ६६० जना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार उपत्यकामा मात्र तीन हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदा ५० बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।








