
हरि घिमिरे, बैशाख ३१
कपिलवस्तुको चार नम्बर स्थित कपिलवस्तु सामुदायीक अस्पताललाई भन्ते गुरुहरुद्धारा ५ वटा वेड प्रदान गरिएको छ । कोरोना भाईरसको दोस्रो भेरिएन्टको लहरले देशभरी आक्रान्त मच्याएको समयमा बाणगंगामा पनि उत्तिकै संक्रमित बढेका छन् । यस्तो बिपत्तिमा जताकतै बिरामीलाई अक्सीजनको अभाव छ । अभाव संगै बिरामीले बेड नपाएर भुईमै उपचार गर्न बाध्य छन । यस्तै प्रकारका गतिबिधी बढेको समयमा कपिलवस्तु सामुदायीक अस्पतालमा यस्तो अवस्था नआओस भन्नका लागि भन्ते गुरुहरुले विहिवार सहयोग गरेको अस्पतालका प्रशासन प्रमुख चन्द्रकान्त पोख्रेलले बताए ।
समग्री हस्तान्तरण गर्दै महावन वैद्यविहार बाणगंगा ८ मधुवनका संस्थापक समेत रहेका सुमंगलु भन्तेले कोभिडको समयमा बिरामीको दयनिय अवस्था देखेर आफुहरुले सहयोग गरेको बताए । उनले थाईल्यान्डका दाताहरु तथा त्यहाँका भन्ते गुरुहरुले नेपालको अवस्था देखेर सहयोग पठाएको जानकारी दिए । उनले भगवान गैतम बुद्धले विरामीको सेवागर्नु आफ्नो सेवा गरे बराबर हुने बताएको स्मरण समेत गराए ।
अस्पताललाई भन्ते गुरुहरुले करिब १ लाख २५ हजार बराबरको वेड सेट हस्तान्तरण गरीएको हो । स्वास्थ्य सामग्री अन्र्तगत वेड सेट ग्रहण गर्दै अस्पतालका अध्यक्ष रामजि सेन र महासचिव पोमनारायण पौडेलले अस्पतालको सिगाें टिम बिरामी सेवामा खटिरहेको र वाहिरबाट आउने सहयोगले कामगर्ने अझै हैसला मिलेको बताए । साथै उनिहरुले सहयोगीमनहरुलाई सवैद स्मरण गरिरहने उल्लेख गरे ।
हस्तान्तरणमा भन्ते समुहका उत्तम भन्ते, ज्ञानानन्द्र भन्ते, कपिलवस्तु महावान विपश्याना केन्द्रका कोषाध्यक्ष उमेस पौडेल, शान्ता कुञ्ज मधुवन धामका अध्यक्ष चुरामणि अर्याल लगाएतले हस्तान्तरण गरेका थिए ।









