गृहपृष्ठ Featured गुल्मीमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

गुल्मीमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

गुल्मीमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा गुल्मीका ११ जना कोरोना संक्रमितको मृत्यु भएको  स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।

शनिबार दिउँसो ३ बजेदेखि आइतबार दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा,  होम आइसोलेसन, स्याङ्जा, काठमाडौं, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको कार्कीले बताए । गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

गुल्मीमा अहिलेसम्म कुल एक हजार १८६ जना संक्रमित भएका छन् । तीमध्ये ९३४ सक्रिय छन् । सक्रिय संक्रमितमध्ये ८८४ जना होम आइसोलेसनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म जिल्लाका कूल २०६  संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन कार्कीले बताए ।

सम्बन्धित् समाचार