गृहपृष्ठ खबर ओलम्पिक खेल रद्द गर्न जापानी चिकित्सकहरुको आग्रह

ओलम्पिक खेल रद्द गर्न जापानी चिकित्सकहरुको आग्रह

प्रकाशित मिति:

एजेन्सी : जापानका चिकित्सकहरुको एक समूहले जापानमा ६६ दिनपछि हुन गइरहेको ओलम्पिक खेल रद्द गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको बढ्दो आकार र गतिलाई मध्यनजर गर्दै चिकित्सकहरुले टोकियो–२०२० ओलम्पिक तत्कालका लागि स्थगन गर्न माग गरेका हुन् ।

यसै पनि ढिला भइसकेको यस ओलम्पिक खेल रोक्न उनीहरुले अपील गरेको दि वासिंङ्गटन पोष्टले जनाएको छ ।

देशको स्वास्थ्य प्रणालीले हजारौं अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्न नसक्ने भन्दै उनीहरुले यसैले झन् धेरै कोरोनाको संक्रमण बढ्नसक्ने त्रास देखाएका छन् ।

टोकियो मेडिकल प्राक्टिस्नर्र्स एशोसिएसनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष ओलम्पिक खेल रोक्नका लागि आग्रह गर्न अधिकारीहरुसमक्ष अनुरोध गरेका हुन् ।

टोकियो अस्पताल पूर्ण रुपमा भरिएको र उनीहरुसँग अरु थप क्षमता नरहेको भन्दै उनीहरुले ओलम्पिक र पाराओलम्पिक रद्द गर्न भनेका हुन् ।

सम्बन्धित् समाचार