रुपन्देहीमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।
तिनाउ ६ पाल्पाकी ६० वर्षीया महिलाको मंगरबार साँझ ४:२० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । त्यस्तै १३ का ५२ वर्षीय पुरुषको मंगरबार साँझ ७:१० बजे मृत्यु भएको छ ।
बुटवल ७ का ६० वर्षिय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको छ । ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राती १२:४० बजे मृत्यु भएको छ । त्यस्तै परासी ६ का ४६ वर्षीय पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ भने लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षीय पुरुषको राति १ बजे मृत्यु भएको छ ।








