गृहपृष्ठ Featured बाँकेमा एकै रातमा १७ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा एकै रातमा १७ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौ जना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए ।

यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए ।

सम्बन्धित् समाचार