कपिलवस्तु : कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रती बफादार भई कपिलवस्तुका केही स्थानीय तहका जनप्रतिनीधि सक्रियताका साथ जुटेका छन् । केहीले भने आफ्ना कर्मचारीहरुलाई प्रयोग गरेर संकटको सामाना गरिहेका छन् । कपिलवस्तुका १० स्थानीय तहमा अलग अलग अभ्यास भएका छन् । तर शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोबल उच्च राख्न मद्दत गर्ने खालको रहेको छ ।
घर देखि अस्पताल सम्मको सेवा पुर्याउँदै शिवराज नगरपालिका महामारीको सामना गरिरहेको छ । संक्रमित भएको थाहा भएपछि शिवराजका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितको घरै पुग्ने गरेका छन् । जनप्रतीनिधी र स्वास्थ्यकर्मीले अन्य स्थानीयको त्रास हटाउदै स्वास्थ्य मापदण्ड प्रयोग गदै संक्रमित सँग कुराकानी गर्ने गरेका छन् । स्वास्थ्य अवस्था बुझेपछि उनीहरुले परामर्श समेत प्रदान गर्ने बताईएको छ ।
होम आइसोलेसन राख्नेकी थप उपचारका लागि अस्पताल पठाउने सल्लाह समेत दिने र संक्रमितलाई स्वास्थ्य सामग्रीको कोसेली दिने गरेको पाईएको छ । स्थानीयमा कोरोना संक्रमितको घरमा जानहुन्न भन्ने भ्रम छ तर शिवराज नगरपालिका ३ का वडाध्यक्ष टेकलाल सापकोटा र स्वास्थ्य चौकी इन्चार्ज जित बहादुर विसी भने घर मै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको स्थानीयले बताएका छन् ।
त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष जगत बहादुर जिसी र स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको दैनिकी पनि यसरी नै वितेको छ । वडामा अहिले सम्म ५९ जना संक्रमित रहेको र ४८ जना होम आइसुलेसन,१ जना चितवन मेडिकल कलेजमा भर्ना भएका छन । पालिका भित्र अहिले डवल भेरीयन्टको कोरोना संक्रमण फैलिन सुरु भएको छ । संक्रमण फैलिन नदीन चेक जाँचको दायरा समेत बढाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइ बताउनुभयो ।








