
हरि घिमिरे, जेठ ६
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अक्सिजन प्लान्ट जडान गर्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल संग प्राविधिक सहयोगको माग गरिएको छ । बाणगंगा नगरपालिका र कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगा ४ ले संयुक्त रुपमा नगर भित्र अक्सिजन सहज आपुर्तिको समस्या समाधान गर्नका लागि प्रादेशिक अस्पताल संग प्राविधिक सहयोगको माग गरेको हो ।
कोरोना भाईरसको दोस्रो भेरिएन्टको प्रभाव तिव्र रुपले फैलिरहेकोले देश भरिनै अक्सिजनको अभावले धेरै नागरिकले अकालमा ज्यान गुमाउन परेको छ । त्यस्तै क्रममा बाणगंगामा पनि अक्सिजनको सहज व्यवस्थापनका लागि केहि दिन अगाडि बाणगंगा नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको थियो ।
उत्त निर्णय अनुसार नगरपालिका र कपिलवस्तु सामुदायिक अस्पतालले संयुक्त रुपमा यसको सम्भाव्यता अध्ययन र जडानका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल समेत गरेको अक्सिजन प्लान्ट व्यवस्थापन समितीका संयोजक एवं वडा न. ४का वडा अध्यक्ष गणेश क्षेत्रीले बताए । अक्सिजनकालागि नगरवसिहरु भौतारिन परेको अवस्था छ जसका लागि नगरपालिका भित्रनै अक्सिजन उत्पादन गरी नागरिकको ज्यान बचाउन विभिन्न पहलहरु गरिएको संयोजक क्षेत्रीले जानकारी दिए ।
उता कपिलवस्तु सामुदायिक अस्पतालले नगर भित्रका अन्य बिरामि मात्र नभएर कोभिडका बिरामीहरुलाई पनि निरन्तर सेवा दिएको जानकारी गराउँदै बाणगंगामा निर्माण हुन लागेको अक्सिजन प्लान्टमा कपिलवस्तु सामुदायिक अस्पतालले नगर संग संयुत्त रुपमा अगाडि बढाएको अस्पतालका प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी गराएका छन् ।








