गृहपृष्ठ Featured रुपन्देहीमा २४ घण्टामा १६७ जनामा संक्रमण पुष्टि, ५३१ निको,२ संक्रमितको मृत्यु

रुपन्देहीमा २४ घण्टामा १६७ जनामा संक्रमण पुष्टि, ५३१ निको,२ संक्रमितको मृत्यु

बुटवल,जेठ ८-

रुपन्देहीमा पछिल्लोे २४ घण्टाको अवधिमा १६७ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ । बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना,देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

६४० जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हाे । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् ।

हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

सम्बन्धित् समाचार