फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनका एक पुरुषको खोलाको दहमा डुबेर मृत्यु भएको छ । ५८ वर्षीय पदमध्वज नेम्बाङलाई निबु खोलाको दहमा मृत अवस्थामा भेटिएको थियो ।
नेम्बाङलाई बुधबार राति नौ बजे निबुखोलाको दहमा मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी दानबहादुर थापाका अनुसार नेम्बाङको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर ल्याइको छ ।
घटनाको प्रकृति हेर्दा नेम्बाङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ