गृहपृष्ठ खबर राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध लुम्बिनी प्रदेशका विपक्षी दलको ध्यानाकर्षण

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध लुम्बिनी प्रदेशका विपक्षी दलको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले संसद् विघटनको घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्यसँगै लुम्बिनी प्रदेश सभाको भविष्य माथि समेत कालो बादल मडारिएको बताएको छ । गठबन्धनले आइतबार प्रेस विज्ञप्ति निकाल्दै स्पष्ट अल्पमतमा रहेको ओली सरकार र लुम्बिनी प्रदेश सरकारको रबैया एवं लुम्बिनी प्रदेश प्रमुख र राष्ट्रपतिको चरित्रमा अन्तर नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

असंवैधानिक र अलोकतान्त्रिक हर्कतको विरुद्ध संघीय ओली सरकार र लुम्बिनी प्रदेशको शंकर पोखरेलको सरकारविरुद्ध सम्पूर्ण संवैधानिक र राजनीतिक प्रतिवाद गर्न समेत गठबन्धनको आग्रह छ ।

सम्बन्धित् समाचार