काठमाडौं : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एकजना स्थायी कमिटी सदस्यले जानकारी दिए।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएको छ।