गृहपृष्ठ अन्तरास्ट्रिय खबर तीन साता नपुग्दै भारतमा कोरोना संक्रमण आधा घट्यो

तीन साता नपुग्दै भारतमा कोरोना संक्रमण आधा घट्यो

प्रकाशित मिति:

कोरोनाको दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा सोमबार यो महिनाकै सबैभन्दा कम भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मे महिनाको पहिलो दिन भारतमा दैनिक संक्रमितको संख्या ३ लाख ९२ हजार ५ सय ७६ जना नयाँ संक्रमित फेला परेका थिए। त्यसपछि क्रमशः बढ्दै गएको संक्रमितको संख्या मे ६ मा सर्वाधिक ४ लाख १४ हजार २ सय ८० पुग्यो। जुन विश्वभरमा एकै दिन फेला परेको सर्वाधिक संक्रमितको संख्या हो।

मे ७ मा ४ लाख ६ हजार ९०१ मा घटेको संक्रमितको संख्या त्यसपछि क्रमशः कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ। यो संख्या मे ६ मा फेला परेका संक्रिय संक्रमितको तुलनामा झन्डै ६० प्रतिशत कमि आएको हो।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको हो। पछिल्लो तथ्याङ्क अनुसार भारतमा २५ लाख ८१ हजार ६८२ सक्रिय संक्रमित छन्।

 

संक्रमण घटे पनि भारतमा मृतकको संख्यामा भने उल्लेख्य कमी आएको छैन। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २ सय ४९ पुगेको छ।

सम्बन्धित् समाचार