गृहपृष्ठ खबर कपिलवस्तुमा अक्सिजन सिलेन्डरको कुनै अभाव छैन्- प्रजिअ पाण्डे

कपिलवस्तुमा अक्सिजन सिलेन्डरको कुनै अभाव छैन्- प्रजिअ पाण्डे

प्रकाशित मिति:

सागर वि.क. (कपिलवस्तु) : कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्लामा अक्सिजन सिलेन्डरको अभाव नभएको दाबी गरेका छन् । जिल्लामा १२६ ओटा अक्सिजन सिलेन्डर बनाईएको र आगामी दिनमा पनि अभाव हुन् नदिने भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले अक्सिजन सिलेन्डरको अभाव नभएको दाबी गरेका हुन् ।

एक दिन मात्र भैरहवाको प्लान्ट बिग्रदाँ आपुर्तिमा समस्या भएको उनले बताए । उनले तत्काल संक्रमितको संख्यामा वृद्धि नभएको अवस्थामा अक्सिजन सिलेन्डरको कुनै अभाव नभएको उनको भनाई छ । उनले बुधबार मात्र ९ ओटा अक्सिजन कन्सन्टे«टर जिल्ला अस्पताल तौलिहवालाई उपलब्ध भएको भन्दै थप सहयोग जुट्ने क्रम बढ्दै गएको बताए ।

उनले महेन्द्र राजमार्गसंग जोडिएका बाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिकाहरुले घरघरमा कोरोना संक्रमितका विरामी भए नभएको, कन्ट्याक ट्र«ेसिङको काम गरेको समेत बताए । उनले अन्य नगरपालिका र गाउँपालिकामा परिक्षणको दायर कम भएको हुँदा अब त्यस क्षेत्रमा एन्टिजेन परिक्षणको दायरा बढाईने बताएका छन् ।

सम्बन्धित् समाचार