गृहपृष्ठ खबर सरकारी कर्मचारीको तलब मासिक २ हजारले बृद्धि

सरकारी कर्मचारीको तलब मासिक २ हजारले बृद्धि

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

 

सम्बन्धित् समाचार