गृहपृष्ठ Featured कपिलवस्तुमा हालसम्म १७७ ले ज्यान गुमाए, बाणगंगामा एक सातामा बाबुछोराको मृत्यू

कपिलवस्तुमा हालसम्म १७७ ले ज्यान गुमाए, बाणगंगामा एक सातामा बाबुछोराको मृत्यू

कपिलवस्तु १७ जेठ ।

कपिलवस्तु वाँणगंगा नगरपालिका ११, देउवापारमा  कोरोना भाइरस संक्रमणले एक सातामा बाबुछोराको मृत्यु भएको छ । ७० वर्षे बाबु घिसावन थारुको शनिबार राति मृत्यु भएको हो । उनको घरमै मृत्यु भएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले बताए । उनका ४० वर्षे छोरा किसुनको गत जेठ १० गते संक्रमणले मृत्यु भएको थियो । उनका ५ सदस्यीय परिवारमा ४ जना भाइरस संक्रमित छन् । चारै जनाको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा बसेको स्वास्थ्य शाखा संयोजक पौडेलले बताए ।

त्यस्तै भाइरस संक्रमणले आइतबार जिल्लामा थप दुई जनाको मृत्यु भएकोछ । कपिलवस्तु नगरपालिका ८, का ६५ वर्षे पुरुष र वडा नं. १० का ५२ वर्षकी महिलाको मृत्यु भएको छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको छ । यहाँ आइतबार ४९ जना संक्रमणमुक्त भएका छन् । ५० जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ३४ पुगेको छ ।

सम्बन्धित् समाचार