गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसमा अध्ययनरत अर्याल खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम

सिद्धार्थ क्याम्पसमा अध्ययनरत अर्याल खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम

सागर वि.क. (कपिलवस्तु) : सिद्धार्थ क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्याल स्नातक तह स्तरीय (अर्घाखाँची, कपिलवस्तु) खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छन् । राष्ट्रिय महिला अधिकार दिवस –२०७८ को अवसरमा आयोजित प्रतियोगितामा अर्याल प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन् । सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश कपिलवस्तुले उक्त प्रतियोगिता आयोजना गरेको थियो । अर्यालले प्रथम स्थान हासिल गरेसंगै रु ५ हजारसहित प्रमाण पत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा कपिलवस्तु र अर्घाखाँचीका सवै आङ्गिक तथा सामुदायिक क्याम्पसका विधार्थीको सहभागिता रहेको थियो । “महिलाहरुको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार“ भन्ने शीर्षकमा विधार्थीलाई १५०० शब्द नबढ्ने गरी निवन्ध लेख्न लगाईको हो ।

जसमध्ये सिद्धार्थ क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्यालले सर्वोत्कृष्ट निबन्ध लेखन प्रस्तुुत गरेर आफुलाई अब्बल सावित गर्दै प्रथम स्थान हासिल गरेको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिए ।

साथै क्याम्पसले प्रथम स्थान गरेकी अर्याललाई बधाई तथा शुभकामना दिएको छ । अरुणा अर्यालले सिद्धार्थ क्याम्पसलाई यस्ता विभिन्न प्रतियोगितामा विगतदेखि नै सफलता दिलाउँदै आएकी छिन् ।

सम्बन्धित् समाचार