गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाद्धारा मासिक बुलेटिन सार्वजनिक गर्ने कार्यको थालनी

बाणगंगा नगरपालिकाद्धारा मासिक बुलेटिन सार्वजनिक गर्ने कार्यको थालनी

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिकाले मासिक बुलेटिन सार्वजनिक गर्ने कार्यको थालनी गरेको छ । नगरवासीको सुचना सम्बन्धिको हकलाई मध्यनजर गरि नगरपालिकाले मासिक बुलेटिन तयार गर्ने कार्यको थालनी गरेको हो ।

नगरपालिकाभित्र हुने कृषि, स्वास्थ्य, शिक्षा, रोजगार लगायत नगरपालिकाले सम्पादन गरेका समग्र गतिविधिहरुको जानकारी गराई नगरवासीलाई शुसुचित गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको हो ।

नगरपालिकामा हुने सम्पुर्ण गतिविधि, निती तथा कार्यक्रम वा सुचना सबै नगरवासीको पहुंच सम्म पु¥याउनका लागि मासिक बुलेटिन सामाजिक सञ्जाल तथा नगरपालिकाको वेवसाईटमा प्रकाशन गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत वासदेव घिमिरेले जानकारी दिनुभयो ।

बैशाख महिनाको मासिक बुलेटिन प्रकाशित भईसकेको र अब आगामि दिनमा पनि प्रत्येक महिनाको बुलेटिन निरन्तर रुपमा प्रकाशित गरी नगरवासीलाई सुशुचित गराउने कार्यलाई अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार