काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन १५० वटा भेन्टिलेटरसहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री पठाएको हो । यूएईको बजारमा एउटा भेन्टिलेटरको मूल्य झन्डै २५ लाख रुपैयाँ पर्न आउँछ ।
यूएईको विशेष विमानले स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।
‘यूएईले हाम्रो अनुरोधमा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ ।







