कपिलवस्तु : कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगामा नयाँ शिक्षण भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय सभा सदस्य तथा क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरेले विहिवार उक्त भवनको शिल्यान्यास गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य घिमिरेले भवनको शिलान्यास गर्दै सिद्धार्थ क्याम्पसले शिक्षाको क्षेत्रमा थप अग्रसरतालाई निरन्तरता दिएको बताउनुभयो । क्याम्पसमा गुणस्तरीय शिक्षा उपलब्धताका लागी विगतदेखि नै पहल कदमी चालिरहेको र थप क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागी पनि अग्रसरता दिईरहेको उहाँले बताउनुभयो ।

क्याम्पसमा विधार्थीको संख्या थप वृद्धि भईरहेको अवस्थालाई मध्ये नजर गरि नयाँ भवन भवन निर्माण गर्न लागिएको क्याम्पस प्रमुख खेमराज शर्माले बैखरी अनलाईनलाई जानकारी दिनुभयो । उहाँले यस्ता भौतिक पुर्वाधारको निर्माणबाट विधार्थीलाई पठनपाठनमा थप सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
नयाँ शिक्षण भवनको शिलान्यास कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, राष्ट्रिय सभा सदस्य तथा क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरे, सदस्य सुमित्रा घिमिरे, क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल प्रध्यापकहरु राजकुमार अर्याल, तेजप्रसाद आचार्य, रोमाकान्त घिमिरेलगायतको सहभागिता रहेको थियो ।








