काठमाडौं : पछिल्लो केही दिनयता कोरोना भाइरस ९कोभिड (१९० बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको बताएको छ। बिहीबार ८ हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सहित निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ। निको हुने यो ८१.९ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घन्टामा ६६ सय ५३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ भने १०१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउने संख्या ७ हजार ७३१ पुगेको छ।
मन्त्रालयका अनुसार हाल ९७ हजार ६९९ कोरोनाका सक्रिय संक्रमित छन् भने ७५५ जना क्वारेन्टाइमा रहेका छन्।







