गृहपृष्ठ Featured नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि, ९९ जनाको मृत्यु

नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि, ९९ जनाको मृत्यु

प्रकाशित मिति:

नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलले काठमाडौंमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित् समाचार