गृहपृष्ठ अर्थ/वाणिज्य कारभित्र मृत भेटिएका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने

कारभित्र मृत भेटिएका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने

दाङ : गएको वैशाख १८ गते दाङमा एउटै कारभित्र मृत भेटिएका तीन बालकको परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले प्रति परिवार एक लाख रुपैयाँका राहत उपलब्ध गराउने भएको छ । तुलसीपुर उपमहानगरको नगर कार्यपालिकाको बैठकले पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँका भीमबहादुर परियारका छोरा नौ वर्षका सन्दीप, सन्तोष परियारका छोरा सात वर्षका सुवास र किरण परियारका छोरा ६ वर्षका करण स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका थिए ।

सम्बन्धित् समाचार