गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगरमा पम्पसेटको पट्टामा बेरिएर १७ वर्षीय किशोरीको मृत्यु

कपिलवस्तुको विजयनगरमा पम्पसेटको पट्टामा बेरिएर १७ वर्षीय किशोरीको मृत्यु

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकामा पम्पसेटको पट्टामा कपाल अल्झी पंखीमा बेरिएर १७ वर्षीय किशोरीको मृत्यु भएको छ ।आइतवार (आज) करिब साँझ ४ बजेतिर खेतमा बिउ राख्न हिलो बनाउने क्रममा बोरिङबाट पानी चलाउँदा वापसी पाइपबाट खसेको पानीले नुहाउँदा उक्त घटना भएको जनाइएको छ ।

घाइते किशोरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नं। ७ बडसुडवा बस्ने कन्हैया प्रसाद नाउँको छोरी सरिता नाउँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ । शव पोष्टमार्टमका लागि शिजराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरिक्षक विष्टले बताउनुभएको छ ।

सम्बन्धित् समाचार