गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतको सेनिटाइजर उत्पादक कम्पनीमा भीषण आगलागी: १४ जनाको मृत्यु, १७ वेपत्ता

भारतको सेनिटाइजर उत्पादक कम्पनीमा भीषण आगलागी: १४ जनाको मृत्यु, १७ वेपत्ता

प्रकाशित मिति:

नयाँदिल्ली: भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १४ जना कामदारको मृत्यु भएको छ । अरु केही मानिस हराइरहेका छन् ।

सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीषण आगजनी भएको हो । कारखानामा भीषण आगलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार त्यहाँ ३७ जना कामदार कार्यरत थिए । घटनास्थलबाट २० जनालाई सकुशल उद्वार गरिएको भारतीय मिडियाले जनाएका छन् । साथै १४ जनाको शव कारखानाबाट निकालिएको छ ।

कम्पनीका अधिकारीहरुका अनुसार कम्तिमा १७ जना कामदार आगलागीको घटनापछि हराइरहेका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक टोली त्यहाँ पुगेको थियो । हाल आगो नियन्णत्रमा रहेको बताइएको छ । साथै हराइरहेका कामदारको खोजी कार्य जारी छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

सम्बन्धित् समाचार