गृहपृष्ठ खबर आजै मन्त्रिपरिषद बिस्तार : गृहमा अधिकारीले चान्स पाउँदा बादल पत्नीको पनि इन्ट्री

आजै मन्त्रिपरिषद बिस्तार : गृहमा अधिकारीले चान्स पाउँदा बादल पत्नीको पनि इन्ट्री

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। आफू प्रधानमन्त्री भएपछि १९ औं पटक मन्त्रिपरिषद बिस्तारको तयारी थालेका ओलीले पछिल्लो पटक जेठ २१ गते मन्त्रिपरिषदमा हेरफेर गरेका थिए।

नयाँ मन्त्री छान्नेबारेमा केही दिन यता तीब्र तयारी थालेका ओलीले एमालेका दोस्रो तहका नेताहरुलाई मुख्य जिम्मेवारी दिँदैछन्। साथै मओवादी पृष्ठभूमिका शीर्ष नेताबाहेकलाई पनि मन्त्रीको जिम्मेवारी दिन लागेको बालुवाटार निकट स्रोतले जानकरी दियो। ७ मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गर्ने ओलीले तयारी थालेका हुन्।

को(को बन्दै छ मन्त्रीरु

स्रोतका अनुसार गृह मन्त्रीका लागि ओलीले एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीको नाम अघि सारेका छन्। गृहमा महेश बस्नेत र अधिकारी दुवै जनाको दाबी भए पनि ओलीले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीलाई जिम्मेवारी दिन लागेका हुन्। ओलीका विश्वासपात्र समेत रहेका अधिकारीले गृहको जिम्मेवारी पाउने पक्का भएको स्रोतले बतायो।

ुप्रधानमन्त्रीले गृहको टुंगो लगाइसक्नु भएको हो। बाँकी मन्त्रालयका बारेमा पनि छलफल हुँदै छ,ु स्रोतले भन्यो।

यस्तै, नैनकला थापालाई सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवादी मिल्दैछ। उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन्। उनी राष्ट्रिय महिला आयोगको अध्यक्ष समेत रहिसकेकी हुन्। त्यसैगरी नारदमुनि रानालाई वन तथा वातावरण, ज्वालाकुमारी शाह कृषि, जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ।

हाल ओलीसँग उद्योग वाणिज्य तथा आपूर्ति, कृषी तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गरी ७ मन्त्रालय खाली छन्।

सम्बन्धित् समाचार