गुल्मी : गुल्मीमा नदीजन्य सामग्रीहरूको अत्यधिक दोहन हुँदासमेत सरोकारवालाहरू र स्थानीय प्रशासन मस्त निद्रामा छन्। जिल्लाको इश्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिमानामा रहेको छल्दीखोलाबाट ठूला(ठूला स्काभेटरहरु प्रयोग गरी नदीजन्य प्रदार्थहरु दोहोन भइरहेको छ।
कैयौँ पटक सो स्थान हुँदै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरु ओहोरदोहोर गर्छन् तर उनीहरू पनि आँखा चिम्लेर हिँड्ने गरेको पाइएको छ।
कानुनी हिसाबले नदीजन्य पदार्थ निकाल्न मेसिनहरु प्रयोग गर्न पाइँदैन तर कानुन हातमा लिएर यहाँ नदीजन्य पदार्थहरुको खुलेहाम दोहन भएको छ।








