गृहपृष्ठ खबर अस्ट्रेलियाविरुद्ध नेपाल ३-० ले पछाडि

अस्ट्रेलियाविरुद्ध नेपाल ३-० ले पछाडि

प्रकाशित मिति:

विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत आज अस्ट्रेलियाको सामना गरेको नेपाल ३-० ले पछि परेको छ ।

कुवेतमा जारी खेलमा अस्ट्रेलियका मार्टिन बोयल ५७ मिनेटमा तेस्रो गोल गरेका हुन् ।

अस्ट्रेलियाले खेल सुरु भएको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो । खेलको ३७ मिनेटमा अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनायो ।

पहिलो गोल हेडिङमार्फत् कप्तान लेसीले गरेका हुन् भने दोस्रो गोल जर्सी नम्बर ३ का खेलाडी कराकिकले गरे ।

सम्बन्धित् समाचार