गृहपृष्ठ खबर  सात वर्ष सम्म पनि निर्माण भएन बङ्गरी पुल : बारा 

 सात वर्ष सम्म पनि निर्माण भएन बङ्गरी पुल : बारा 

युनिक यादव जेठ २९ , बारा बारा को प्रसौनी गाउँपालिका मा अवस्थित गाउँ संग शहर र सदरमुकाम कलैया संग द्रुत सम्पर्क राख्न उद्देश ले निर्माण गर्न शिलान्यास गरिएको सात वर्ष बितिसक्दा पनि बन्जरिया स्थित बङ्गरी खोला लो पुल निर्माण सप्पन्न भएको छैन । २०७१ साल असार २९ गते देखि निर्माण को आरम्भ भएको उक्त पुलको पिलर मात्र निर्माण गरि काम अलपत्र पारेको भन्दै स्थानीय ले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी एलाइट मोना कन्स्ट्रक्सन र प्रसौनी गाउँपालिका र गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ता सँग आक्रोशित बन्न थालेका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडा संगएलाइट मोना कन्स्ट्रक्सनले ५ करोड भन्दा बढी रकममा २०७३ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि हाल २०७८ साल असार महिना सुरु हुन लाग्दा पनि निर्माण को २ प्रतिशन पनि काम भएको छैन । पुल निर्माण चाँडो गर्न पहलका लागि स्थानीय ले पटक–पटक वडा देखि गाउँपालिका कार्यालय र गाउँपालिका अध्यक्ष लाई पटक पटक खबर गर्दासमेत कुनै वास्ता नगरिएको बन्जरिया का स्थानीय सुनिल साह बताउछन् ।

वर्षौँदेखि पुल अभावमा स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । स्थानीय सुलभ लामिछाने भन्छन् , “गाउँ संग द्रुत सदरमुकाम कलैया सम्म जान पुल नहुँदा बैकल्पिक रुपमा बास को पुल बनाएर आवत जावत गर्न बाध्य छौ , सवारी साधन लाई खोला बाट नै आवतजावत गर्ने गर्छन् । अब वर्षा याम को समय साइसक्यो , अब फेरि खोला मा बाढी आउँने निस्चित छ हामी लाई फेरि आवत जावत मा कठिनाइ हुने भयो । हरेक वर्ष यस्तै झेल्नुपरेको छ ।

यो वर्ष पनि झेल्नु पर्ने ब्याध्यातमक अवस्था छ । अरु त के दु:ख त झन यो छ गाउँ मा कोही बिरामी भए एम्बुलेन्स जान पनि निकै कठिनाई छ । बाढी आए झन अप्ठ्यारो हुने गर्छ ” । पुल नबन्दा बन्जरिया गाउँ मात्र नभई इनर्वा, सुराहि ,मेथुरापुर , मटियरिया ,बसडिलवा ,प्रस्टोका ,बलुवा सहित अन्य गाउँ का स्थानीय हरु लाई आवत जावत मा निकै कठिनाई भएको छ । यता प्रौसौनी गाउँपालिका ले पुल निर्माण मा कुनै चासो देखाएको छैन । जनप्रतिनिधि हरु निर्वाचित भएको कार्यकाल सक्न लाग्दा पनि एउटा खोलाको पुल निर्माण गर्न सकेका छैनन् ।

सम्बन्धित् समाचार